सुर्खेत-पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी सुर्खेत पुग्नुभएको छ।। कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा हुने पहिलो महिला सम्मेलनमा उद्घाटन गर्न भण्डारी आइतबार सुर्खेत पुग्नुभएको हो।
सोमबार सुर्खेत सिटी हलमा वीरेन्द्रनगर नगरपालिकाको आयोजनामा हुने पहिलो महिला सम्मेलनको उद्घाटन भण्डारीले गर्ने कार्यतालिका रहेको छ।
वीरेन्द्रनगर नगरपालिकाकी नगरप्रमुख मोहनमाया ढकालका अनुसार वीरेन्द्रनगर नगरपालिकाले आयोजना गर्ने महिला सम्मेलनको पूर्वराष्ट्रपति भण्डारीले उद्घाटन गर्ने कार्यक्रम छ । सम्मेलनमा प्रदेशभरीका स्थानीय तहका उपप्रमुख,विभिन्न राजनीतिक दलका महिला नेतृहरु,निजामतीका उच्च तहका महिला,महिला शिक्षक लगायतको उपस्थिती हुने जनाइएको छ । अनुभव आदानप्रदान र सरकारी तहमा महिलाको नेतृत्वदायी भूमिका हुनुपर्छ भन्ने उदेश्यले सम्मेलनको आयोजना गर्न लागिएको हो।




प्रतिक्रिया