काठमाडौँ– हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको छ । आज देशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
गण्डकी र कर्णाली प्रदेशका पहाडी भू–भागका थोरै स्थानहरूमा साथै बाँकी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा छिटपुटदेखि हल्का वर्षाको सम्भावना रहेको छ । महाशाखाका अनुसार देशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ।
यस्तै भोलि लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ।




प्रतिक्रिया