अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कानुन समितिको बैठक बस्दै, टीआरसी विधेयक टुङ्ग्याउने तयारी 

कानुन समितिको बैठक बस्दै, टीआरसी विधेयक टुङ्ग्याउने तयारी 


काठमाडौँ– सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयक (टीआरसी) विधेयक टुङ्ग्याउन आज बिहान कानुन समितिको बैठक बस्न लागेको छ । 

हिजो साँझ प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीबिच भएको छलफलमा दुवै नेता टीआरसी टुङ्ग्याउन सहमत हुनुभएको हो ।  

एमाले सचेतक महेश बर्तौलाले बालुवाटारमा नेताहरूबिच सहमति भएपछि समितिको बैठक बोलाइएको जानकारी दिनुभयो । 

हिजो बसेको कानुन न्याय तथा मानवअधिकार समितिमा विधेयक पारित हुनसकेको थिएन ।