अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमालेको प्रमुख सचेतकमा महेश बर्तौला र सचेतक सुनिता बराल

एमालेको प्रमुख सचेतकमा महेश बर्तौला र सचेतक सुनिता बराल


काठमाडौं-नेकपा एमाले संसदीय दलको प्रमुख सचेतकमा महेश बर्तौला नियुक्त हुनुभएको छ।

संसदीय दलका नेता केपी शर्मा ओलीले प्रमुख सचेतकमा बर्तौला र सचेतकमा सुनिता बराललाई मनोनयन गर्नुभएको छ।

प्रमुख सचेतक पदम गिरी मन्त्री हुनुभएपछि यसअघिका सचेतक बर्तौलालाई प्रमुख सचेतकमा बढुवा गरिएको हो।

सचेतक बन्नुभएकी बराल समानुपातिक सांसद  हुन्। बर्तौला मकवानपुर-२ का सांसद हुन्।

प्रमुख सचेतक बनेका बर्तौला र सचेतक बराल दुवैजना अनेरास्ववियुको राजनीति गरेर आएका युवा नेता हुन् । नविना लामा अध्यक्ष भएको बेला दुवैजना अनेरास्ववियुको उपाध्यक्ष हुनुहुन्थ्यो । ऐन महर अध्यक्ष हुँदा पनि दुवैजना उपाध्यक्ष रहेकामा महरपछि बराल अध्यक्ष हुनुभयो भने बर्तौला विद्यार्थी राजनीतिबाट पार्टीको राजनीति गर्न मकवानपुर जानु भएको थियो।