अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कांग्रेसले सरकारलाई दिएको समर्थन फिर्ता लियो

कांग्रेसले सरकारलाई दिएको समर्थन फिर्ता लियो


काठमाडौं-नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई दिएको समर्थन फिर्ता लिएको छ।

सभापति शेरबहादुर देउवाको निवास बूढानिलकण्ठमा मंगलबार अपराह्न बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकले प्रधानमन्त्री दाहाललाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको हो।

उपसभापति धनराज गुरूङले प्रधानमन्त्री दाहाललाई दिएको समर्थन फिर्ता लिने निर्णय भएको जानकारी दिनुभयो। उहाँले भन्नुभयो, ‘पुष्पकमल दाहाल प्रचण्डलाई गरेको समर्थन र दिएको विश्वासको मत थियो त्यो आजबाट फिर्ता लिने निर्णय गरेका छौं।’