अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एन्फालाई राखेपले सोध्यो २४ घण्टे स्पष्टीकरण

एन्फालाई राखेपले सोध्यो २४ घण्टे स्पष्टीकरण


काठमाडौँ– राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले अखिल नेपाल फुटबल संघ (एन्फा) लाई २४ घण्टे स्पष्टीकरण सोधेको छ । राखेपले हिजो एन्फालाई पत्र लेख्दै २४ घण्टे स्पष्टीकरण सोधेको हो । 

 स्पष्टीकरणमा विश्वकप छनोट खेल्न जाने टिमले राखेपबाट स्वीकृत लिन नपर्नुको कारण के हो ? छनौट प्रतियोगितामा संलग्न समूह बाहेक अन्य १० जना अनावश्यक व्यक्तिहरू को को हुन र किन सहभागिता गराइएको हो ? भनेर सोधिएको छ । 

राखेपले पत्र प्राप्त भएको २४ घण्टाभित्र सो सम्बन्धी यथार्थ विवरण र कागजातहरू परिषदमा पेस गर्न भनेको छ । खेलकुद ऐन अनुसार राखेपसँग स्वीकृत नलिई अनावश्यक व्यक्तिलाई विदेश पठाएको भन्दै युवा तथा खेलकुद मन्त्रालयले एन्फालाई कारबाही गर्न राखेपलाई निर्देशन दिएको थियो । सोही निर्देशन अनुसार राखेपले एन्फासँग स्पष्टीकरण सोधेको हो ।