अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सहकारी घोटालाको छानविन आयोग बनाउन एमालेको माग

सहकारी घोटालाको छानविन आयोग बनाउन एमालेको माग


काठमाडौं- नेकपा एमालेका सांसद ऋषिकेश पोखरेलले सहकारी घोटालाको छानविन आयोग बनाउन माग गर्नुभएको छ । सहकारीको रकम अपचलन भएको भनी उठेका विषयहरुको कारण खोजी गर्न सरकारले अधिकारसम्पन्न आयोग बनाएर अनुसन्धान गर्नुपर्ने पोखरेलको भनाइ छ ।

‘सहकारी आन्दोलनलार्इ संरक्षण गर्न सरकारले तत्काल अधिकार सम्पन्न छानबिन आयोग बनाउन पर्छ र दोषी खोजी गर्नुपर्छ’ सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै पोखरेलले भन्नुभयो , ‘म सरकारलाई आग्रह गर्न चाहन्छु(तत्काल अधिकार सम्पन्न छानबिन आयोग बनाऔं ।’
सरकारले कुन सामाजिक सहकारी हो र कुन दैनिक रकम संकलन गर्ने सहकारी हो छुट्याउनुपर्ने बताउनुभयो । ‘सम्पतिको स्रोत प्रमणित गरौं । यी दोस्रो खाले सहकारीले जम्मा गरेको सम्पतिको स्रोत के हो ? त्यो कुराको प्रमाणित गर्न लगाऔं,’ सांसद पोखरेलले भन्नुभयो ।

सहकारीका ऋणीहरुको पनि अध्ययन गर्नुपर्ने उहाँको प्रस्ताव छ । पोखरेलले भन्नुभयो ‘ऋणीहरु कुन प्रकारका छन्? सदस्यहरुको बीचबाट बनेका ऋणीहरु हुन् या अन्य क्षेत्रबाट भएका ऋणीहरु हुन् ती ऋणीलाई खोजौं ।’