अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

टी–२० सिरिज : आज नेपाल ‘ए’ ले आयरल्यान्ड ‘ए’ सँग खेल्दै 

टी–२० सिरिज : आज नेपाल ‘ए’ ले आयरल्यान्ड ‘ए’ सँग खेल्दै 


काठमाडौँ– नेपाल ‘ए’ क्रिकेट टिमले आज आयरल्याण्ड ‘ए’विरुद्ध टी–२० सिरिजको पहिलो खेल खेल्दै छ । त्रिवि मैदानमा हुने यो खेल अपराह्न एक बजेदेखि सुरु हुनेछ । 

नेपाल ‘ए’ ले मार्च २८ , २९ र ३१ मा आयरल्याण्ड ‘ए’सँग टी–२० सिरिज र अप्रिल ३, ५ र ७ मा एकदिवसीय सिरिजका खेल्ने तालिका रहेको छ ।

त्यसअघि नेपालको राष्ट्रिय टिमले आयरल्याण्ड ‘ए’ सँगदुई टी–२० खेल खेलेको थियो, जसमा दुवै खेल नेपालले जितेको थियो ।

टी-२० सिरिज खेल्ने नेपाली ‘ए’ टिम :

विनोद भण्डारी (कप्तान), लोकेस बम, देव खनाल, पवन सराफ, किरण ठगुन्ना, आरिफ सेख, अर्जुन घर्ती, नारायण जोशी, बशीर अहमद, रसिद खान, सागर ढकाल, विपिन खत्री, कमल सिंह ऐरी, हेमन्त धामी र विकास आग्री रहेका छन् । 

आयरल्यान्ड ‘ए’ को टोली :

निल रक (कप्तान), पिटर मुर, रस आदिर,केड कार्माइकल, ग्यारेथ डेलानी, स्टीफन डोहेनी, म्याथ्यु फस्टर, फिन हृयान्ड, गेभिन होई, म्याथ्यू हम्फ्रेज, थोसम मेयस, लियाम म्याककार्थी, जेम्श म्याकुलम, मोर्गन टोप्पिङ र बेन हृवाइट ।