अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले झापाको अधिवेशन आजदेखि, अध्यक्ष ओलीले उद्घाटन गर्ने  

एमाले झापाको अधिवेशन आजदेखि, अध्यक्ष ओलीले उद्घाटन गर्ने  


काठमाडौँ– नेकपा (एमाले) झापाको जिल्ला अधिवेशन आजदेखि हुँदैछ । आजदेखि झापाको बिर्तामोडमा हुने ११ औँ अधिवेशनको तयारी पूरा भएको छ । 

अधिवेशन उद्घाटनका लागि एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली हिजो गृह जिल्ला झापा पुग्नु भएको छ।

अध्यक्ष ओलीले उद्घाटन गर्ने अधिवेशनको सम्पूर्ण तयारी पूरा भएको एमाले झापा जिल्ला अध्यक्ष दीपक कार्कीले जानकारी दिनुभयो । 

अधिवेशनमा पालिकाबाट ४३० जना, जनसङ्गठनबाट ८९ जना, मजदुरबाट ३० जना, सल्लाहकार २५ जना, सम्पर्क मञ्चबाट ५ जना र आयोजक १६९ जना, मनोनीत प्रतिनिधि ३८ जना गरी ७८६ जनाले सहभागिता जनाउने एमाले झापाले जनाएको छ ।  

एमाले झापाको आगामी अध्यक्षका लागि वर्तमान उपाध्यक्ष प्रेम गिरी र सचिव शिव ढुङ्गेलले आकाङ्क्षी देखाउनुभएको छ ।