अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

आज पत्रकार महासङ्घको स्थापना दिवस, सभामुख घिमिरेद्वारा शुभकामना व्यक्त

आज पत्रकार महासङ्घको स्थापना दिवस, सभामुख घिमिरेद्वारा शुभकामना व्यक्त


काठमाडौँ– आज नेपाल पत्रकार महासङ्घको ६९ औँ स्थापना दिवस रहेको छ । महासङ्घले देशभर विविध कार्यक्रमको आयोजना गरी स्थापना दिवस मनाउँदै छ । 

महासङ्घको स्थापना दिवसका अवसरमा सभामुख देवराज घिमिरेले शुभकामना दिनुभएको छ । 

महासङ्घको स्थापनाकालदेखि आजसम्म आइपुग्दा विभिन्न कालखण्डमा नेतृत्व प्रदान गर्ने अग्रजहरूप्रति उहाँले उच्च सम्मान प्रकट गर्नुभएको छ । 

‘नेपाली पत्रकारहरूको साझा संस्था नेपाल पत्रकार महासङ्घको ६९ औँ स्थापना दिवसको अवसरमा देशैभर र विश्वका विभिन्न स्थानमा छरिएर रहेका महासङ्घका सदस्यसहित आम नेपाली सञ्चारकर्मी र प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताका पक्षधरहरूमा हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछु’, शुभकामना सन्देशमा भनिएको छ । 

उहाँले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको लडाइँका क्रममा साहदत्त प्राप्त सहिद पत्रकारहरूप्रति श्रद्धाञ्जली समेत व्यक्त गर्नुभएको छ ।