अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

आयरल्याण्ड ‘ए’विरुद्ध टस हारेर बलिङ गर्दै नेपाल ‘ए’

आयरल्याण्ड ‘ए’विरुद्ध टस हारेर बलिङ गर्दै नेपाल ‘ए’


काठमाडौँ– आयरल्याण्ड ‘ए’ विरुद्धको पहिलो एकदिवसीय खेलमा नेपाल ‘ए’ टिम टस हारेर  बलिङमा उत्रिएको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा सुरु खेलमा आयरल्याण्ड ‘ए’का कप्तान निल रकले टस जितेर ब्याटिङ गर्ने निर्णय लिएका थिए ।

आज नेपाल ‘ए’को प्लेइङ एघारमा कप्तान विनोद भण्डारीसहित अर्जुन कुमाल, देव खनाल, मौसम ढकाल, भीम सार्की, अर्जुन साउद, आरिफ शेख, बसिर अहमद, कमल ऐरी, सहाब आलम र रिजन ढकाल छन् ।

यसअघि भएको टी–२० शृङ्खलामा आयरल्याण्ड ‘ए’ले नेपाल ‘ए’ माथि  २–१ को जितले प्रतियोगितामा कब्जा जमाएको थियो ।