अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

कांग्रेसले अलोकतान्त्रिक चरित्र देखायो: महेश बर्तौला

कांग्रेसले अलोकतान्त्रिक चरित्र देखायो: महेश बर्तौला


काठमाडौं-नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले संसदका स्थापित मान्यतालाई धज्जी उडाउँदै नेपाली कांग्रेसले संसद अवरोध गरेको आरोप लगाउनु भएको छ।

बुधबार संसद भवन बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै बर्तौलाले संसदमा विधेयकहरूलाई अघि बढ्न नदिएर कांग्रेसले अलोकतान्त्रिक काम गरेको आरोप लगाउनु भयो । आन्दोलनका स्वरूप फेरेर सदनलाई सहज रूपमा चल्ने वातावरण बनाउन उहाँको आग्रह छ।

सरकारबाट हट्नेबित्तिकै प्रतिशोध साध्न कांग्रेसले सहकारी प्रकरणमा छानबिन समितिको माग राखेको भन्दै उहाँले यसको कुनै अर्थ नरहेको बताउनु भयो ।

सहकारीपीडितलाई न्याय दिनुपर्नेमा एमालेको स्पष्ट धारणा रहेको भन्दै उहाँले नीति नियम कानून बनाएर यसको समाधान खोज्नुपर्ने बताउनु भयो ।