अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले ठूलो पार्टी हो ठूलै चुनौति छन् तर समाधान गरिन्छ : बरिष्ठ उपाध्यक्ष पोखरेल

एमाले ठूलो पार्टी हो ठूलै चुनौति छन् तर समाधान गरिन्छ : बरिष्ठ उपाध्यक्ष पोखरेल



धादिङ- राष्ट्रवादीलाई कमजोर बनाउन र देशमा एमालेले गरेको विकासको विरोध गर्नेहरुले एमालेमाथी हमला गरिरहेको नेकपा एमालेका उपाध्यक्ष इश्वर पोखरेलले बताउनुभएको छ ।
नेकपा एमाले धादिङको प्रथम प्रतिनिधि परिषदको उद्घाटन गर्दै एमाले वरिष्ठ उपाध्यक्ष पोखरेलले विरास विरोधी र देशघातीहरुले एमालेमाथी हमला गरेर एमालेले गरिरहेको विकास रोक्न र नेपाललाई कमजोर बनाउन एमालेमाथीको हमला भइरहेको बताउनुभएको हो ।
नेकपा एमाले लोकतन्त्र र संघीय लोकतान्त्रिक गणतन्त्रको पक्षमा दृढतापूर्वक उभिएको, मानवअधिकार र शुशासनको पक्षमा लागेर वंशपराम्पराको शासन नभइ जनताले चुनेको व्यक्तिको शाशनको पक्षमा निरन्तर लागेकोले एमालेमाथी हमला भएको उल्लेख गर्दै एमाले वरिष्ठ उपाध्यक्ष पोखरेलले एमालेले गारेको विकाससंग आतिएकाहरुले विरोध गरिरहेको बताउनुभयो ।
उहाँले भन्नुभयो , “नवलपरासीको फलाम खानी, दैलेखको पेट्रोलियम पदार्थ, लगायतका विकास गर्दै जाँदा एमाले बलियो भएर देश राष्ट्रियता बलियो बन्छ , समृद्ध र विकास हुन्छ भनेर डराएकाहहरुले एमालेमाथी हमला गरिहेको छ”
एमाले राष्ट्रियताको पक्षमा, सामाजिक सद्भाव र आर्थिक विकासको पक्षमा, लोकतन्त्र, संघीय लोकतान्त्रिक गणतन्त्रको पक्षमा एमाले दृढतापूर्वक लाग्ने बताउँदै एमालेमाथी भएको चौतफी हमलाको कडा प्रतिवाद गर्न कार्यकर्ताहरुलाई आग्रह गर्नुभयो । एमालेमाथी हमला गर्नेहरुको शशक्त प्रतिवाद गर्नेहरु नै सक्कली एमाले भएको बताउनुभयो ।
पार्टी कार्यकर्ताहरुलाई पार्टी भित्रको एकता कायम गर्न जरुरी रहेको बताउँदै एमाले वरिष्ठ उपाध्यक्ष पोखरेलले सानो पार्टी हुँदा सानो चुनौतीहुने र अहिले पार्टी ठूलो भएको, देश चलाउने अवस्थामा भएको बेलामा ठूला चुनौतीहरु आएको भएपनि एमालेले चुनौतीहरुलाई सामना गर्न सक्षम रहेको बताउनुभयो ।
कार्यक्रममा तत्कालिन भूमिगत भएर पनि जनपक्षीय उम्मेदवार, भूमिगत रुपमा पार्टीलाई जनतासामु लैजाने, संगठन निर्माण गर्ने, सेल्टर दिने नेता कार्यकर्ताहरुलाई नेकपा एमालेले सम्मान गरेको छ ।

नेकपा उमाले जिल्ला अध्यक्ष भूमि त्रिपाठीको अध्यक्षतामा भएको प्रतिनिधि परिषदले भूमि त्रिपाठीले प्रस्तुत गर्नुभएको राजनीतिक तथा साँगठनिक प्रतिवेदन, लेखा आयोगका उपाध्यक्ष गोकर्ण दुवाडीले प्रस्तुत गर्नुभएको आर्थिक प्रतिवेदन पारित गरिएको थियो ।
१० हजार ४ सय ९२ जना पार्टी सदस्य रहेको नेकपा एमाले धादिङको प्रथम प्रतिनिधि परिषदमा ५ सय ८६ प्रतिनिधि सहभागि भएका थिए ।