अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

नागढुङ्गा सुरूङ मार्गको मुख्य सुरूङ आज छिचोलिंदै

नागढुङ्गा सुरूङ मार्गको मुख्य सुरूङ आज छिचोलिंदै


काठमाडौं-नागढुङ्गा सुरूङ मार्गको मुख्य सुरूङ सोमबार छिचोलिदै छ ।

नागढुंगा सुरुङ निर्माण परियोजनाका उपनिर्देशक गोविन्द दुमरूका अनुसार आज औपचारिक कार्यक्रमबीच सुरुङ ‘ब्रेक थ्रु’ गर्न लागिएको हो।

उक्त कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहभागी हुनेछन्।

चन्द्रागिरि नगरपालिकाको बलम्बुदेखि धादिङको सिस्नेखोला जोड्ने नागढुंगा सुरूङमार्ग आयोजनाको मुख्य सुरूङको लम्बाइ दुई हजार ६६७ मिटर छ। आज दुई मिटर खनेपछि छिचोलिने छ।

आयोजनाको उद्धार सुरूङ गत साउनमै छिचोलिसकिएको छ।

छिचोलिने बित्तिकै उक्त सुरूङमार्ग सञ्चालनमा भने आउँदैन। आयोजना निर्माण पूरै सकिएपछि मात्रै सवारी साधन चल्नछन्।

आगामी एक वर्षभित्र सबै काम सकेर सवारी साधनका लागि खुला गर्ने आयोजनाले बताउँदै आएको छ।

सुरूको सम्झौताअनुसार काम थालिएको ४२ महिनाभित्र अर्थात् गत वर्ष वैशाखमै यो आयोजनाको निर्माण पूरा भइसक्नुपर्ने थियो।

कोरोना महामारी, स्थानीय विवाद तथा सुरूङ खन्ने क्रममा देखिएको प्राविधिक समस्या लगायत कारण आयोजना समयमा निर्माण हुन नसकेको आयोजनाले बताएको छ।

पछिल्लो पटक थपेको म्याद पनि अबको १० दिनभित्र सकिँदैछ। आयोजनाले अब एक वर्ष म्याद थप गर्न माग गरेको छ।

आयोजनामा अन्डरपास, बक्स कल्भर्ट, एउटा ओभरपास निर्माण सकिएको छ। र एउटा फ्लाइओभर निर्माणाधीन अवस्थामा छ।

सुरूङको सडक ढलान, बत्ती जडान, अक्सिजन पाइप जडान लगायतका काम बाँकी रहेको आयोजनाले जनाएको छ।