अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

नागढुङ्गा सुरुङ मार्गमार्फत नेपाल नयाँ युगमा प्रवेश: मन्त्री रघुवीर महासेठ

नागढुङ्गा सुरुङ मार्गमार्फत नेपाल नयाँ युगमा प्रवेश: मन्त्री रघुवीर महासेठ


काठमाडौंउपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले नेपाल नागढुङ्गा सुरुङ मार्गमार्फत नयाँ युगमा प्रवेश गरेको बताउनुभएको छ।

सोमबार नागढुङ्गा सुरुङमार्ग निर्माण आयोजनाको मुख्य सुरुङको ‘ब्रेक-थ्रु’ कार्यक्रममा बोल्नुहुँदै उपप्रधानमन्त्री महासेठले यस्तो बताउनुभएको हो। उहाँले नागढुङ्गा सुरुङमार्ग नेपालको आधुनिक सुरुङमार्ग भए पनि दक्षिण एसियामा सबै भन्दा पहिला सुरुङमार्ग नेपालमा नै निर्माण भएको बताउनुभयो।

उहाँले हेटौँडामा अहिले पनि सुरक्षित रहेको सुरुङ मार्ग नेपालकै प्रविधिमा बनेको बताउनुभयो। उहाँले सरकारले सडक मार्गको समय छोटो बनाउन र यात्रालाई सुरक्षित बनाउनका लागि सुरुङमार्गलाई प्राथमिकता दिएको उल्लेख गर्नुभयो। उहाँले नेपाली सेनाले निर्माण गरी रहेको काठमाडौँ तराई द्रुतमार्गमा पनि १० किलोमिटर सुरुङमार्ग निर्माण भइरहेको बताउनुभयो।

उपप्रधानमन्त्री महासेठले सुरुङमार्ग निर्माणको निर्माण यातायातको लागि मात्रै नभएर अन्य विद्युत तथा सिँचाइको लागि पनि प्रयोग हुन थालेको जानकारी दिनुभयो।

उहाँले सुरुङ मार्ग निर्माणमा एक महिना स्थानीयवासीहरुको कारण बन्द भएको भन्दै सरकारले स्थानीयवासीको मागलाई सम्बोधन गर्ने बताउनुभयो। उहाँले स्थानीयवासीका मागहरू खानेपानी व्यवस्थापन,सडकको व्यवस्थापन नेपाल सरकारले गर्ने बताउनुभयो।