अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सत्ता गठबन्धनमा एसको भूमिकाका बारेमा छलफल गर्न प्रधानमन्त्री दाहाल नेता खनालबीच भेटघाट

सत्ता गठबन्धनमा एसको भूमिकाका बारेमा छलफल गर्न प्रधानमन्त्री दाहाल नेता खनालबीच भेटघाट


काठमाडौ -सुदुरपश्चिम सरकार गठनमा नेकपा एसले विपक्षी मोर्चालाई सघाएपछि उत्पन्न परिस्थितीका बारेमा छलफल गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल र एसका सम्मानीति नेता झलनाथ खनालबीच भेटाट भएको छ ।
दुई नेताबिच बालुवाटारमा वार्ता जारी रहेको छ ।
एकीकृत समाजवादीले सुदूरपश्चिम प्रदेशबाट विद्रोह गरेपछि सत्ता गठबन्धन केही असहज अवस्थामा पुगेको छ । माधव नेपालले सहमती भन्दा बाहिर गएर विपक्षीलाई सहयोग गरेपछि पार्टीका ेधारणा बुझ्न प्रधामन्त्रीले खनाललाई भेटघाटका लागि बोलाउनु भएको बालुवाटार स्रोतको भनाइ छ ।
एक प्रदेशमा मुख्यमन्त्री पाउनुपर्ने बताउँदै आएको समाजवादीले सुदूरपश्चिम प्रदेशमा कांग्रेस र नागरिक उन्मुक्ति पार्टीको पक्षमा उभिएपछि सो प्रदेशमा नाउपाकै दुई सांसदले मुख्यमन्त्रीमा दाबी गरेका छन् ।