अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले चितवनको जिल्ला अधिवेशन जेठ १० देखि हुने

एमाले चितवनको जिल्ला अधिवेशन जेठ १० देखि हुने


चितवन-नेकपा एमाले चितवनको जिल्ला अधिवेशन २०८१ जेठ १० देखि १२ गतेसम्म हुने भएको छ। एमाले चितवनको चैत २९ गते बसेको जिल्ला कमिटी बैठकले पार्टीको ११ औँ जिल्ला अधिवेशन जेठको १०, ११ र १२ गते गर्ने निर्णय गरेको हो।

एमाले जिल्ला कमिटी अध्यक्ष रामप्रसाद न्यौपानेका अनुसार अधिवेशनले आगामी ३ वर्षको कार्यकालको लागि १४३ जना जिल्ला कमिटी चयन गर्नेछ।

करिब १२ हजार संगठित सदस्यहरुबाट प्रतिनिधि चयन गरी ७५० जना हाराहारीमा प्रतिनिधिहरु जिल्ला अधिवेशनमा सहभागी हुने अध्यक्ष न्यौपानेले जानकारी दिनुभयो ।अधिवेशन सम्पन्न गर्न ४ सय ९९ सदस्यीय मूल व्यवस्थापन कमिटी साथै विषयगत समितिहरु पनि बनाइ सकिएको उहाँले बताउनु भयो।

उहाँका अनुसार मूल व्यवस्थापन कमिटीमा जिल्ला कमिटीका सबै, पालिका कमिटीका सबै तथा जनतहसहित ४ सय ९९ जना रहेका छन् मूल व्यवस्थापन कमिटीको संयोजक जिल्ला पार्टी अध्यक्ष न्यौपाने हुनुहन्छ। अध्यक्षकै संयोजकत्वमा पार्टीको राजनीतिक तथा सांगठनिक प्रतिवेदन लेखन समिति पनि बनाइएको छ। त्यसैगरि उपाध्यक्षको संयोजकत्वमा आर्थिक प्रतिवेदनको समिति, सचिवको संयोजकत्वमा खाद्य तथा आवास व्यवस्थापन, उपसचिवको नेतृत्वमा प्रचारप्रचार लगायतका अधिवेशन सम्पन्न गर्ने विभागीय समितिहरु बनाएर अधिवेशनको तयारी थालिएको छ।