अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

गैरसरकारी व्यक्तिहरु प्रवेश गरेर सहकारीको बद्नाम गर्ने काम भइरहेको छ: अध्यक्ष ओली

गैरसरकारी व्यक्तिहरु प्रवेश गरेर सहकारीको बद्नाम गर्ने काम भइरहेको छ: अध्यक्ष ओली


झापा-नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले केही सहकारी मान्छेलाई ठग्ने ठाउँ बनेको टिप्पणी गर्नुभएको छ।

एमाले झापा जिल्ला कमिटीको कार्यक्रमलाई सम्बोधन गर्दै गैरसरकारी व्यक्तिहरु प्रवेश गरेर पैसा अपचलन गरेर सहकारीको बद्नाम गर्ने काम भइरहेको बताउनु भयो ।

अध्यक्ष ओलीले भन्नुभयो, ‘कतिपय सहकारी ठीकै चलेका छन्, केही मान्छेलाई ठगी खाने ठाउँ बनेको छ। केही गैरसहकारी व्यक्तिहरु प्रवेश गरेर बदनाम गरेर ठगेका छन्। लाखौं मान्छेहरु लुटिएका छन् । अर्बौं लुटेका छन् । त्यसैले सहकारीलाई प्रभावकारी माध्यम बनाउनुपर्छ। विकास, आधुनिकता र उत्पादन वृद्धिका लागि प्रविधिको प्रयोग ल्याउनुपर्छ । त्यसका लागि हाम्रो पार्टीका सबै तहका नेताहरुले अगुवाइ गर्नुपर्छ।’

अध्यक्ष ओली चुनावी अभियानका लागि इलाम प्रस्थान गर्ने क्रममा एमाले झापा जिल्ला कमिटीको पहिलो बैठकमा सहभागी हुनुभएको हो ।  

सुरुंगास्थित जेसिज हलमा एमालेले हालै सम्पन्न जिल्ला अधिवेशनपछिको पहिलो बैठक बसेको हो। बैठकलाई सम्बोधन गरेर अध्यक्ष ओली आजै इलाम जाने एमाले झापा जिल्ला कमिटीले जनाएको छ।

इलाम क्षेत्र-२ का उम्मेद्वार सुहाङ नेम्वाङसँगै अध्यक्ष अध्यक्ष ओली इलाम बजारमा रहनुहुनेछ। भोलि इलामको मंगलबारेमा आयोजना हुने बृहत् चुनावीसभालाई सम्बोधन गरेर अध्यक्ष ओली दमकस्थित आफ्नो निवासमा फर्कने कार्यक्रम रहेको छ।

६ गते गौरादह नगरपालिका ५ स्थित स्कूलचौनमा पार्टी प्रवेश कार्यक्रममा सहभागी भएर अध्यक्ष ओली काठमाडौं फर्कने कार्यक्रम रहेको छ।