अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

नयाँ सत्ता समिकरण ढाल्न देशी-विदेशी शक्तिले षड्यन्त्र गरिरहेका छन्: अध्यक्ष ओली

नयाँ सत्ता समिकरण ढाल्न देशी-विदेशी शक्तिले षड्यन्त्र गरिरहेका छन्: अध्यक्ष ओली


काठमाडौं-नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिलेको नयाँ सत्ता समिकरण भत्काउनेको लागि देशी-विदेशी शक्तिहरुले षड्यन्त्र गरिरहेको बताउनु भएको छ।

नेकपा एमाले झापा जिल्ला कमिटीको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो बताउनु भएको हो।

अध्यक्ष ओलीले केही घटना घटिहाले अप्ठेरो नमान्न आग्रह गर्नुभयो। उहाँले भन्नभयो, ‘अहिले यो समीकरण ढाल्नका लागि देशी विदेशी शक्तिहरूले षड्यन्त्र गरिरहेका छन् । तर, सक्दैनन् । अकेही घटना घटिहाल्दा साथीहरूले अप्ठेरो नमान्नु होला, लौ बर्बाद भयो भनेर नठान्नु होला, बर्बाद हुँदैन।’

एमालेले पहिले प्रधानमन्त्री बनाएका पुष्पकमल दाहाल ‘प्रचण्ड’ अल्मलिएर कांग्रेससँग सहकार्य गर्न पुगेको र अहिले देशको पक्षमा निर्णय गरेको अध्यक्ष ओलीले बताउनु भयो।

अध्यक्ष ओलीले एमालेले गठबन्धनमा गृहसहित मन्त्रालय छाड्यो भनेर बाहिर टिप्पणी भएको भन्दै पहिलेको गठबन्धन ढाल्नु उपलब्धि भएको बताउनु भयो।

अध्यक्ष ओलीले भन्नुभयो, ‘अहिले हामीले नयाँ समीकरण बनाएका छौं। कतिपयले ओलीले अर्थ, गृहमन्त्रालय पनि छाड्यो भनिरहेका छन्। हामीले गठबन्धन ढाल्नु थियो, गठबन्धन ढाल्यौं । अहिले हाम्रो सरकार, प्रधानमन्त्री, गृहमन्त्री छन्। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शाहसिक निर्णय गर्नुभएको छ। उहाँ केही समय अल्मलिन भयो, झुक्किनु भयो। उहाँले अहिले देशको पक्षमा निर्णय गर्नुभएको छ।’

उहाँले एमालेले सिध्याउन अनेक प्रकारका प्रहार र घेराबन्दी भएपनि त्यसलाई पराजित गरेर देश बनाउने अभियानमा अघि बढेको बताउनु भयो।