अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

रुपन्देहीको सिद्धार्थनगरमा माछापुच्छ्रे बैंकको नयाँ भवन

रुपन्देहीको सिद्धार्थनगरमा माछापुच्छ्रे बैंकको नयाँ भवन


काठमाडौं-माछापुच्छ्रे बैंक लिमिटेडले रुपन्देहीको सिद्धार्थनगर नगरपालिकामा आफ्नो नवनिर्मित कार्यालय भवन सञ्चालनमा ल्याएको छ। 

नगरपालिकाको वडा नम्बर १२ स्थित भवनको उद्घाटन नगरपालिकाका मेयर इश्तियाक अहमद खाँ तथा माछापुच्छ्रे बैंकका अध्यक्ष रोशन केसीले संयुक्त रूपमा गर्नुभएको हो।

कार्यक्रममा प्रमुख अतिथि सिद्धार्थनगर नगरपालिकाका मेयर खाँले बैंक सञ्चालक एंव व्यवस्थापन समितिलाई शुभकामना व्यक्त गर्नुभयो। कार्यक्रममा बैंक सञ्चालक समितिका अध्यक्ष रोशन केसीले माछापुच्छ्रे बैंकले हरेक क्षेत्र र वर्गमा बैंकिङ सेवा पुर्याउने लक्ष्यका साथ सेवा प्रदान गरिरहेको बताउनुभयो।

अध्यक्ष केसीले लुम्बनी प्रदेशमा आफ्नै कार्यालय भवनबाट सेवा प्रदान गर्न पाउँदा निक्कै नै हर्ष लागेको बताउनु भयो। साथै बैंकले गुणस्तरिय सेवा प्रदान गर्नको लागि कुनै पनि कुरामा सम्झौता नगर्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो।

उक्त औपचारिक समारोहमा सिद्धार्थनगर नगरपालिकाका उपमेयर, रुपन्देही जिल्लाका प्रमुख जिल्ला अधिकारी, नेपाल राष्ट्र बैंक लुम्बिनी प्रदेशका निर्देशक तथा उपनिर्देशक, सुरक्षा संयन्त्रका प्रमुख लगायत बैंक संचालक समितिका पदाधिकारी तथा उच्च व्यवस्थापन तहका कर्मचारी एवम् बैंकका कर्मचारीहरुको उल्लेख्य उपस्थिति रहेको थियो ।