अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सुहाङ जिताउन आज इलामको मंगलबारेमा आमसभा,अध्यक्ष ओलीले सम्बोधन गर्नुहुने

सुहाङ जिताउन आज इलामको मंगलबारेमा आमसभा,अध्यक्ष ओलीले सम्बोधन गर्नुहुने


इलाम- सुहाङलाई जिताउन इलाममा आज नेकपा एमालेले आमसभाको आयोजना गरेको छ । पार्टीकी जिल्ला इन्चार्ज शिवमाया तुम्बाहाम्फेका अनुसार दिउसो १२ बजे देउमाइको मंगलबारेमा आमसभा आयोजना गरिएको छ ।

बैशाख १५ गते हुने उपनिर्वाचनलाई लक्षित गरेर आयोजना गरिएको आमसभालाई पार्टी अध्यक्ष केपी शर्मा ओली,उपाध्यक्ष रामबहादुर थापाले सम्बोधन गर्नुहुनेछ । इन्चार्ज तुम्बाहाम्फेका अनुसार सत्ता गठबन्धनका तर्फबाट परिवार दलका अध्यक्ष एकनाथ ढकाल,नेकपा माओवादी केन्द्रका प्रदेश अध्यक्ष मिङसु,नेकपा विप्लव समुहका इन्चार्ज र पार्टीकी जिल्ला इन्चार्ज तुम्बाहाम्फेले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
गत भदौ २६ गते यस क्षेत्रका साँसद सुवासचन्द्र नेम्वाङको निधन भएपछि रिक्त रहेको ठाउँमा उपनिर्वाचन हुन लागेको हो । सो निर्वाचनमा एमाले,माओवादी,विप्लव,परिवार दलका तर्फबाट सुहाङ नेम्वाङ मैदानमा हुनुहुन्छ ।