अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सोडारीलाई सुदूरपश्चिमको मुख्यमन्त्री बनाउने नेकपा एसको निर्णय

सोडारीलाई सुदूरपश्चिमको मुख्यमन्त्री बनाउने नेकपा एसको निर्णय


काठमाडौँ-नेकपा (एकीकृत समाजवादी) पार्टीले सुदूरपश्चिमको मुख्यमन्त्रीका लागि दीर्घबहादुर सोडारीलाई अगाडि बढाउने निर्णय गरेको छ।

पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बुधबार बसेको ८० औ सचिवालय बैठकले सुदूरपश्चिम संसदीय दलका नेता समेत रहेका सोडारीलाई मुख्यमन्त्रीका लागि अगाडि सार्ने निर्णय गरेको प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिनुभयो । 

पार्टीको १० औ महाधिवेशनको तयारी लगायतको विषयमा छलफल गर्न सचिवालय बैठक पार्टी कार्यालयमा जारी छ । सोही बैठकका क्रममा सुदूरपश्चिमको विषयमा पनि निर्णय भएको हो ।