अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

बुबाले गर्न नसकेका र देखेका सपना पूरा गर्न कुनै पनि कमी हुन दिन्न: सुहाङ नेम्बाङ

बुबाले गर्न नसकेका र देखेका सपना पूरा गर्न कुनै पनि कमी हुन दिन्न: सुहाङ नेम्बाङ


इलाम-नेकपा एमाले र माओवादीका तर्फबाट इलाम क्षेत्र नम्बर २ बाट उम्मेदवार बनेका सुहाङ नेम्बाङले जातीय भेदभाव र सामाजिक विखण्डनले समृद्धिको बाटो छेक्ने बताउनु भएको छ।

इलाम क्षेत्र नम्बर २ अन्तरगत मङ्गलबारे बजारमा भएको चुनावी सभामा बोल्दै नेम्बाङले अहिले देश समृद्धिको बाटो हिँडेको भन्दै यो बेला सामाजिक सम्बन्ध खलल पुग्ने बाटोमा लाग्न नहुने बताउनु भयो।

नेम्बाङगले आफूलाई लगाएको मालामा जनताको रौनक र खुसी भए पनि आफू भने भावुक भएको बताउनु भयो । इलामको विकासमा आफ्ना बुवा सुभाषचन्द्र नेम्बाङ्गले गरेको विकास स्मरण गराउँदै जनताका सामु पुग्दा उनीहरूको आँखामा आँसु पनि देखेको बताउनु भयो ।

विगतका निर्वाचनमा आफ्ना बुबालाई गरेको विश्वास शिरमा राखेर आफूले सधैँ काम गर्ने बताउनुभयो। उहाँले इलामी जनताको कामका लागि सधैँ आफ्ना बुबाले काम गरेको दाबी गर्नुभयो । उहाँले भन्नुभयो, ‘बुबाले गर्न नसकेका र देखेका सपना पूरा गर्न कुनै पनि कमी हुन दिन्न। यहीबाट प्रतिबद्धता व्यक्त गर्दछु।’

उहाँले इलामको विकासमा योजना पूरा गर्न कुनै पनि कमीकमजोरी नगर्ने बताउनु भयो। उहाँले भन्नुभयो,‘ इलाम अति सुन्दर छ। इलाम सम्भावना नै सम्भावना बोकेको क्षेत्र हो । इलामलाई कसरी अझै राम्रो बनाउने भन्ने जिम्मेवारी हाम्रो काँधमा आएको छ।’