अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

अध्यक्ष ओली आज स्कूलचौन आउने

अध्यक्ष ओली आज स्कूलचौन आउने



झापा- तीनदिन देखि झापा र इलामका कार्यक्रममा सहभागी भइरहनु भएका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज स्कूलचौनमा आयोजना हुने कार्यक्रमलाई सम्बोधन गर्ने कार्यक्रम छ । अध्यक्ष ओली अहिले केहीबेरमा त्यहाँ पुग्दैहुनुहुन्छ ।
एमाले झापाका सचिव तुलसी कार्कीका अनुसार अध्यक्ष ओलीले स्कूलचौनमा विभिन्न पार्टी परित्याग गरी एमालेमा प्रवेश गर्न चाहेका करिब ५० जना नेता कार्यकर्तालाई स्वागत गर्ने कार्यक्रम पनि रहेको छ ।
अध्यक्ष ओलीले दमक स्थित निवासमा कोशी प्रदेशका विभिन्न जिल्लाका नेता कार्यकर्ताहरुसँग भेटघाट तथा इलाम २ को उपनिर्वाचनमा जनपरिचालनका विषयमा निर्देशन दिनुभएको छ । यसैगरी आफ्नो निर्वाचन क्षेत्रमा भइरहेका विकास निर्माणका कामहरुको बारेमा जानकारी पनि लिनु भएको छ । आगामी बजेटमा जिल्ला र क्षेत्रका योजनामा बजेट माग गर्न स्थानीय तहका जनप्रतिनिधी र साँसदहरुले पनि अध्यक्ष ओलीसँग भेटेर माग पत्रहरु बुझाइरहेका छन् ।
इलाममा एमाले उम्मेद्वार सुहाङ नेम्वाङको आमसभालाई सम्बोधन गर्न तीनदिन अघि त्यसतर्फ जानु भएका अध्यक्ष ओली आज दिउसो २.४० बजे भद्रपुर विमानस्थलबाट काठमाडौं फर्कदैहुनुहुन्छ ।