अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

विवादित पृष्ठभूमिका कारण सोडारीलाई एमालेले मूख्यमन्त्रीमा नस्विकार्ने

विवादित पृष्ठभूमिका कारण सोडारीलाई एमालेले मूख्यमन्त्रीमा नस्विकार्ने


धनगढी -नेकपा एमालेले समर्थन नदिंदा सुदुरपश्चिममा नेकपा एस दलका नेता दीर्घ सोडारीको सत्तायात्रा रोकिने सम्भवना बढेको छ । नागरिक उन्मुक्ति पार्टीका नेतालाई फिर्ता बोलाएर एसलाई मूख्यमन्त्री दिने सहमती भए पनि सोडारीका कारण एमालेका प्रदेशसभा सदस्यहरुले हस्ताक्षर गरेका छैनन् ।
प्रदेश प्रमुख नजिर मियाँले सरकार गठनका लागि दोस्रोपटक आह्वान गरेको समय आज बिहीबार साँझ ५ बजे सकिंदैछ ।
२०७४ सालमा प्रदेशको मन्त्री भएकै बेला सोडारीले एक महिलासँग गरेको अश्लिल संवादको अडियो सार्वजनिक भएको थियो । सोही कारण सोडारीलाई पार्टीले मन्त्री पदबाट फिर्ता बोलाएको थियो । त्यसयता पनि सोडारी विभिन्न विवादमा अल्झिरहेको नेताहरु बताउछन् ।

सोडारीले कांग्रेस र नागरिक उन्मुक्ति पार्टीका रेशम पक्षसँग मिलेर गठबन्धन तोड्ने प्रयास गरेका कारण पनि उनलाई अघि सार्न नसक्ने अवस्था बनेको एमालेका अर्का प्रदेश सभा सदस्य बताउँछन् ।
एमाले संसदीय दलका नेता राजेन्द्रसिंह रावलले भने पात्रको विषयभन्दा पनि पार्टीको निर्देशन पर्खिरहेको बताउनुभएको छ ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली तीनदिन देखि झापा र इलामका कार्यक्रममा सहभागी हुन जानु भएकोले सत्तँ गठबन्धनको बैठक बसेको छैन । उहाँ आज ४ बजेसम्ममा काठमाडौं फर्कने र त्यसपछि निर्णय दिने एमालेले जनाएको छ ।

तर एकीकृत समाजवादी प्रदेश संसदीय दल र केन्द्रीय सचिवालयको बैठकले सोडारीलाई नै मुख्यमन्त्री बनाउने निर्णय गरिसकेको छ ।