अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

लुम्बिनीमा मन्त्रिपरिषद् विस्तार, एमालेबाट को-को भए मन्त्री ?

लुम्बिनीमा मन्त्रिपरिषद् विस्तार, एमालेबाट को-को भए मन्त्री ?


काठमाडौँ-लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले मन्त्रिमण्डल बिस्तार गर्नुभमएको छ। एमालेबाट चार मन्त्री थप गर्दै महराले बिहीबार बिहान मन्त्रिपरिषद् विस्तार गर्नुभएको हो।

गएको चैत २३ गते मुख्यमन्त्री नियुक्त भएका महराले यसअघि एमालेबाट चेतनारायण आचार्यलाई मन्त्री बनाएका थिए।

आचार्यलेलाई अर्थ मन्त्रालयको जिम्मेवारी दिइएको छ। रुपन्देहीका भूमिश्वर ढकाल, गुल्मीका दिनेश पन्थी, कपिलवस्तुका अर्जुनकुमार केसी र बाँकेका रत्न खत्रीलाई मन्त्री बनाएक छन् । ढकाललाई शहरी विकास, पन्थीलाई गृह,खत्रीलाई सामाजिक विकास र केसीले बन मन्त्रालयको जिम्मेवारी दिइएको छ । त्यसैगरी माओवादीबाट दीपेन्द्र पुन स्वास्थ्य मन्त्री र जसपाका भण्डारीलाल अहिर भूमि व्यवस्था मन्त्री बनाएका छन् ।

मन्त्रीलाई आज बेलुकी ५ बजे शपथ ग्रहण गराउने कार्यक्रम तय गरिएको छ।