अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

राष्ट्रिय सभामा मनोनीत डा. अञ्जान शाक्य को हुन् ?

राष्ट्रिय सभामा मनोनीत डा. अञ्जान शाक्य को हुन् ?


काठमाडौं-राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रियसभाको रिक्त सदस्यमा डा.अन्जान शाक्यलाई मनोनयन गर्नुभएको छ।

नेपालको संविधानको धारा ८६ को उपधारा (२) को खण्ड (ख) बमोजिम शाक्यलाई राष्ट्रियसभा सदस्यमा मनोनीत गरेको राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ। शाक्यलाई मन्त्रिपरिषद् बैठकले राष्ट्रपतिसमक्ष राष्ट्रियसभाको रिक्त सदस्यमा डा. शाक्यलाई मनोनयन गर्न सिफारिस गरेको थियो।

योसँगै ५९ सदस्य राष्ट्रिय सभाले पूर्णता पाएको छ। सरकारको सिफारिसमा राष्ट्रपतिबाट मनोनीत विमला राई पौडेलको कार्यकाल गत फागुन २० गते सकिएपछि उक्त पद खाली थियो। सोही स्थानमा अञ्जान शाक्य मनोनीत भएकी हुन्।

को हुन् डा. शाक्य ?

इजरालयका लागि नेपाली राजदूत भसक्नु भइएकी डाक्टर अन्जान शाक्यले व्यवस्थापन विषयमा विद्यावारिधि गर्नुभएको छ। उहाँले इजरायलमा राजदूत हुँदा एम्वेशडर अफ दि एअर–डिप्लोम्याट अफ दि एअर अवार्डबाट सम्मानित हुनुभएको थियो।

शाक्यसँगपरराष्ट्र मामिला अध्ययन प्रतिष्ठानमा निमित्त कार्यकारी निर्देशक भएर काम गरेको लामो अनुभव छ। साथै, उहाँले अन्तर्राष्ट्रिय सरोकार केन्द्रको अध्यक्ष भएर काम गरिसकेको अनुभव पनि छ। नेपाल वुमन चेम्बरको संस्थापक अध्यक्षको समेत जिम्मेवारी बहन गरिसक्नु भएकी शाक्यले फरने पलिसी अफ नेपाल, नेपाल जर्मनी रिलेशन्स, भिजन अन फरेन अफियर्स, नेपाल चाइना रिलेशन्स, नेपाल इण्डिया रिलेशन्स, नेपाल–इजरालय रिलेशन्स, नेपाल–जापान रिलेशन्स्लगायत पुस्तकको सम्पादनसमेत गरिसक्नु भएको छ।

शाक्यसँग लामो समय पद्मकन्या कलेजमा प्राध्यापन गरेको अनुभव समेत छ। उहाँले क्यालिफोर्नियाको वेष्टक्लिफ युनिभर्सिटीको प्रेसिडेन्सिएल विजनेश स्कुलमा समेत प्राध्यापन गर्नुभएको अनुभव छ।

शाक्य चर्चित गायिका समेत हुनुहुन्छ। उहाँले ‘यो मन्दिर, यो मस्जिद, यो चैत्य, यो गुम्बा, मलाई छ प्यारो सँधै आफू भन्दा’ बोलको गीत चर्चित गाउनु भएको छ। उहाँ नेपाल टेलिभिजनकी समाचार प्रस्तोता समेत हुनुहुन्थ्यो। उहाँ नेपाल विश्व सम्बन्ध परिषद्को आजिवन सदस्यको समेत जिम्मेवारीमा हुनुहुन्छ।