अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

फेरिचे हेलिकोप्टर दुर्घटनाको छानबिन गर्न पाँच सदस्यीय समिति गठन

फेरिचे हेलिकोप्टर दुर्घटनाको छानबिन गर्न पाँच सदस्यीय समिति गठन


काठमाडौं-सोलुखुम्बुको फेरिचेमा दुई हेलिकोप्टर एकापसमा ठोक्किएको घटनाको छानबिन गर्न नेपाल नागरिक उड्डयन प्राधिकरणले पाँच सदस्यीय समिति गठन गरेको छ।

प्राधिकरणले निर्देशक प्रभाकरचन्द्र मल्लिकको संयोजकत्वमा पाइलट तथा वायुयान इन्जिनियर सम्मिलित समिति गठन गरेको हो।

मंगलबार फेरिचेमा एयर डाइनेस्टीको ‘९एन–एओडी’ र फिस्टेल एयरको ‘९एन–एजेआर’ हेलिकोप्टर एकापसमा ठोक्किएका थिए। दुर्घटनामा एक जनाको मृत्यु भएको थियो भने दुई पाइलट र एक यात्रु घाइते भएका थिए।

प्राधिकरणले बुधबार दिएको जानकारीअनुसार समितिलाई दुर्घटनाको कारण र घटना गराउन सक्ने सम्भावित कारक तत्त्वको प्राविधिक तथा अन्य पक्षबाट अध्ययन र विश्लेषण गरी प्रतिवेदन तयार पार्ने जिम्मेवारी दिइएको छ।

समितिले दुर्घटनासँग सम्बन्धित विभिन्न पक्षको अध्ययन गरी घटनाको वास्तविक कारण पत्ता लगाउनेछ।