अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कोशीका मुख्यमन्त्रीले संविधानको धारा १८८ बाट भाग्ने ठाउँ छैन: रेवतीरमण भण्डारी

कोशीका मुख्यमन्त्रीले संविधानको धारा १८८ बाट भाग्ने ठाउँ छैन: रेवतीरमण भण्डारी


विराटनगर-नेकपा एमाले कोशी प्रदेश संसदीय दलका प्रमुख सचेतक रेवतीरमण भण्डारीले मुख्यमन्त्री केदार कार्की संविधानको धारा १८८ बाट भाग्न नपाउने बताउनु भएको छ।

प्रमुख सचेतक भण्डारीले सङ्कल्प प्रस्ताव प्रदेशसभामा टेबुल गर्दै यस्तो बताउनु भएको हो । नेता भण्डारीले संसद्को सर्वोच्चतालाई स्वीकार गर्दै मुख्यमन्त्रीले मार्ग प्रशस्त गर्नुपर्ने बताउनु भयो । संसद्को दृश्यले पनि मुख्यमन्त्री अल्पमतमा परिसकेको उहाँले बताउनु भयो ।

संविधानको प्रावधान, सर्वोच्च अदालतको व्याख्याले पनि संसद् विघटन नहुने र उपधारा ५ अनुसारको सरकार परिवर्तन हुन सक्ने जिकिर गर्नुभयो।