अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

मधेश प्रदेशमा मन्त्रिपरिषद् विस्तार गर्दै  

मधेश प्रदेशमा मन्त्रिपरिषद् विस्तार गर्दै  


जनकपुरधाम-मधेश प्रदेश सरकारले मन्त्रिपरिषद् विस्तारको तयारी गरेको छ। मुख्यमन्त्री सरोजकुमार यादवले माओवादी केन्द्रबाट २ र नेकपा एकीकृत समाजवादीबाट एक गरी ३ मन्त्री नियुक्त गर्न लागेको मुख्यमन्त्रीको सचिवालयले जानकारी दिएको छ।

आजै शपथ ग्रहणको तयारी गरेको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ। माओवादीबाट संसदीय दलका नेता भरतप्रसाद साह, सांसद युवराज भट्टराई र नेकपा एसबाट बेची लुंगेलीलाई मन्त्री बनाउन लागिएको हो। 

११ मन्त्रालय रहेको मधेश सरकारमा मुख्यमन्त्री सहित जनता समाजवादी पार्टीको ४, एमालेको ४, एकीकृत र माओवादी केन्द्रको १/१ मन्त्रालय छन् । जनमत र लोसपाले छोडेको मन्त्रालय माओवादी र नेकपा एसलाई दिएर मन्त्रिपरिषद् विस्तार हुन लागेको हो।