दमक-नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले आफूहरू मुलुकलाई संवृद्ध बनाउने अभियानमा जुटिरहेकाले जनताको चाहना पूरा हुने बताउनुभएको छ।
अध्यक्ष ओलीले जनताको विकासप्रतिको चाहना पूरा गर्न सधैँ प्रतिबद्ध रहेको जनाउँदै यस्तो बताउनुभएको हो। आज झापाको गौरादहमा भएको कार्यक्रममा अध्यक्ष ओलीले वर्तमान सरकार तथा समीकरण जनहितका लागि बनेकाले जनताको अपेक्षाअनुसार काम गर्ने चर्चा गर्नुभयो।
विकासका कामहरू अधुरा नै रहेको जनाउँदै उहाँले त्यस्ता अधुरा विकासका कामहरू अब पूरा हुँदै जाने बताउनुभयो। मूलकको विकास नचाहने शक्तिहरू अहिले पनि एमाले र वर्तमान समीकरणविरुद्धमा लागिरहेको पनि उहाँले बताउनुभयो। ‘हामी काममा विश्वास गर्छौँ, जनताको अपेक्षाअनुसार अघि बढ्छौँ’ उहाँले भन्नुभयो । एमालेले कसरी काम गर्छ भन्ने सबै जनताले महसुस गर्नुभएको उहाँले बताउनुभयो।
प्रतिक्रिया