अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

सुदूरपश्चिम सरकारमा तत्काल सहभागी नहुने

सुदूरपश्चिम सरकारमा तत्काल सहभागी नहुने


काठमाडौं-नेकपा एमाले मुख्यमन्त्री दीर्घ सोडारी नेतृत्वको सरकारमा तत्काल नजाने भएको छ।

आज सुदूरपश्चिम प्रदेश एमाले संसदीय दलले तत्काल प्रदेश सरकारमा सहभागी नहुने निर्णय गरेको संसदीय दलका नेता राजेन्द्रसिंह रावलले जानकारी दिनुभयो। उहाँले भन्नुभयो, ‘अहिलेलाई समर्थन गर्ने र बाहिरबाट सहयोग गर्ने निर्णय गरेका छौँ ।अर्काे निर्णय नहुँदा सम्म सरकारमा सहभागी नहुने निर्णय गरेका छौँ ।’

प्रदेश प्रमुख नजिर मियाँले नेकपा एकीकृत समाजवादी संसदीय दलका नेता दीर्घ सोडारीलाई मुख्यमन्त्रीमा नियुक्त गरिसकेका छन् ।