अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीद्वारा शपथ

सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीद्वारा शपथ


कैलाली-सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री दीर्घ सोडारीले शपथ लिनुभएको छ।

प्रदेश प्रमुख नजिर मियाँले मुख्यमन्त्री सोडारीलाई सपथ ग्रहण गराउनु भएको हो।

प्रदेश प्रमुख मियाँले आजै सोडारीलाई संविधानको धारा १६८ (२) अनुसार मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको थियो।

उहाँका समर्थनमा माओवादी केन्द्रका १०, नेकपा (एमाले)का १०, नागरिक उन्मुक्ति पार्टीका ७ र स्वतन्त्र सांसद तारा जोशीले समर्थन गरेका थिए।