अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कोशीमा माओवादीले माग्यो मुख्यमन्त्रीको राजीनामा

कोशीमा माओवादीले माग्यो मुख्यमन्त्रीको राजीनामा


विराटनगर-नेकपा माओवादी केन्द्रका सांसदहरुले कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीको राजीनामा माग गरेका छन् ।

कोशी प्रदेश सभामा टेबल भएको सङ्कल्प प्रस्तावको छलफलमा बोल्दै सांसदहरुले मुख्यमन्त्री अल्पमतमा परेकाले राजीनामा दिनुपर्ने बताउनुभयो।

नेकपा माओवादी कोशी प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर आङवोले सङ्कल्प प्रस्तावको पक्षमा रहेको बताउँदै मुख्यमन्त्री अल्पमतमा परेकाले राजीनामा दिनु पर्ने बताउनुभयो ।

यस्तै माओवादीका सांसद नारायण मगर, गोम्बु शेर्पा, गीता तिम्सिना र सपना दर्जीले छलफलमा भाग लिँदै मुख्यमन्त्री केदार कार्कीले राजीनामा दिएर मार्ग प्रशस्त गर्नुपर्ने धारणा राखेका थिए ।