अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रचण्ड नेतृत्वको सरकार निरन्तरता पक्षमा छौं: शंकर पोखरेल

प्रचण्ड नेतृत्वको सरकार निरन्तरता पक्षमा छौं: शंकर पोखरेल


काठमाडौं-नेकपा एमालेका महासचिव शंकर पोखरेलले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारलाई निरन्तरता दिन एमाले तयार रहेको बताउनु भएको छ।

पार्टी कार्यालय च्यासलमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै देशको ओरालो यात्रा रोक्नको लागि वामपन्थी र नयाँ शक्तिहरु मिलेर नयाँ समीकरण बनाएको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘कतिपयले आलोपालो भन्ने गरेका छन्। हामीले यो सरकारले राम्रो काम गर्छ भने यसलाई निरन्तरता दिन तयार छौं भनिरहेका छौं। हाम्रो चिन्ता जनता र मुलुकप्रति हो। त्यो कुरामा जोड दिँदै आएका छन्।’

उहाँले लोकतन्त्र र परिवर्तनमाथि संकट परेको बेलामा कांग्रेससँग मिलेर काम गर्नुपर्छ भन्ने मान्यताको आफूहरुको रहेको बताउनुभयो ।