अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

अहिलेको समीकरण पूरै अवधि जान्छ: प्रधानमन्त्री प्रचण्ड

अहिलेको समीकरण पूरै अवधि जान्छ: प्रधानमन्त्री प्रचण्ड


कैलाली-प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमाले-माओवादीसहितको समीकरण पूरै अवधि जाने बताउनु भएको छ। आज धनगढी एयरपोर्टमा सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले सो कुरा बताउनु भएको हो।

प्रधानमन्त्री प्रचण्ड भन्नुभयो, ‘बाहिर बजारमा विभिन्न चर्चा परिचर्चा भएपनि त्यस्तो केही छैन। पूरै अवधि जान्छ अहिलेको समीकरण।’

प्रदेशमा सरकार बनाउने प्रक्रिया अन्तिम चरणमा पुगेको प्रधानमन्त्री प्रचण्डले बताउनु भयो। अब कोशी प्रदेशमा मात्र बाँकी मुख्यमन्त्री चुन्न बाँकी रहेको भन्दै प्रधानमन्त्री प्रचण्डले स्थिरतातर्फ सरकार अघि बढेको बताउनुभयो।

प्रधानमन्त्री प्रचण्डले आगामी आर्थिक वर्षको नीति कार्यक्रम तथा बजेट परम्पराभन्दा भिन्न ढंगले प्रस्तुत गर्ने बताउनु भयो। वैज्ञानिक वस्तुवादी र जनमैत्री बनाउने गरी नीति कार्यक्रम करिब ड्राफ्ट भइसकेको उहाँलेब ताउनु भयो।