अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले प्रतिनिधि परिषद् बैठक: ६ वटै समूहको सुझाव प्रस्तुति सकियो

एमाले प्रतिनिधि परिषद् बैठक: ६ वटै समूहको सुझाव प्रस्तुति सकियो


काठमाडौं-नेकपा एमालेको महाधिवेशन प्रतिनिधि परिषद्को बैठकमा समूह छलफल सकिएको छ।
बैठकमा शनिवार प्रस्तुत भएका प्रतिवेदनमाथि समूहगत छलफल भएको हो। प्रतिनिधिको ६ वटा समूह बनाई समूह छलफल गरिएको थियो।

ललितपुरको गोदावरीस्थित सनराइज हलमा जारी बैठकमा अध्यक्ष केपी शर्मा ओलीले प्रस्तुत गर्नुभएको राजनीतिक प्रतिवेदन, महासचिव शंकर पोखरेलले प्रस्तुत गर्नुभएको सांगठानिक प्रतिवेदन तथा केन्द्रीय अनुशासन आयोगका अध्यक्ष केशव बडाल, केन्द्रीय लेखा आयोगका अध्यक्ष डा पुष्पराज कँडेल, केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष डा. विजय सुब्बा र केन्द्रीय सल्लाहकार परिषद्का अध्यक्ष अमृतकुमार बोहराले प्रस्तुत गर्नुभएको प्रतिवेदनमाथि ६ समूहमार्फत सुझावदिएका हुन् ।

सुझाव राख्ने टोली नेतामा समूह–१ का मोहनमाया ढकाल, समूह–२ का कृष्णप्रसाद जैसी, समूह–३ का ठाकुर गैरे, समूह–४ का शान्ति पाख्रीन, समूह–५ का ऋषिकेश पोखरेल र समूह–६ का श्यामकुमार बस्नेत रहनुभएको छ।

बैठकमा समूहगत छलफलका साथै व्यक्तिगत र लिखित रूपमा थप विचार तथा सुझाव पनि दिइएको छ।
समूहगत छलफलको निष्कर्ष समूह नेताहरूले प्रस्तुत गर्नुभएको छ।