अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

देशका केही भू-भागमा मेघ गर्जन सहित वर्षाको सम्भावना

देशका केही भू-भागमा मेघ गर्जन सहित वर्षाको सम्भावना


काठमाडौं – देशका केही भू–भागमा आज मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

बिहान मधेस र वाग्मती प्रदेशमा आंशिक बदली रहेको छ । बाँकी भू–भागमा मुख्यतया मौसम सफा छ । जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रहनेछ ।

कोसी, मधेस र वाग्मती प्रदेशमा आंशिक बदली रहनेछ । बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहनेछ । गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका थोरै स्थानमा तथा कोसी र वाग्मती प्रदेशको पहाडी भू–भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ ।
कोसी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना छ । मधेस प्रदेशको तराई भू–भागका केही स्थानमा साथै कोसी र लुम्बिनी प्रदेशको तराई भू–भागका थोरै स्थानमा हावाहुरीको सम्भावना छ ।

विभागले राति कोसी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रहने जनाएको छ । बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ । कोसी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू–भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ ।

गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना छ । मधेस र कोसी प्रदेशको थोरै स्थानमा हावाहुरीको सम्भावना रहेको विभागले जनाएको छ ।