अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

नेकपा स्थापनाको ७५ वर्ष पुरा,एमालेले आज गोदावरीमा विशेष कार्यक्रम गर्दै

नेकपा स्थापनाको ७५ वर्ष पुरा,एमालेले आज गोदावरीमा विशेष कार्यक्रम गर्दै


काठमाडौं- आज नेपाल कम्यूनिष्ट पार्टी स्थपनाको ७५ वर्ष पुगेको दिन । पुष्पलालले २००६ सालमा नेकपाको स्थापना गर्नुभएको थियो ।
पार्टी स्थपनाको हिरक महोत्सवको अवसरमा नेकपा एमालेले गोदावरी स्थित सनराइज हलमा विशेष कार्यक्रम गर्ने भएको छ । कार्यक्रममा प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल,नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा लगायत संसदमा प्रतिनिधित्व गर्ने सबै पार्टीका शिर्ष नेताहरुलाई आमन्त्रण गरिएको छ । गोदावरी स्थित सनराइज हलमा आयोजना हुने कार्यक्रममा अध्यक्ष केपी शर्मा ओली,प्रधानमन्त्री दाहाल र काँग्रेस सभापति देउवाले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
कार्यक्रममा पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीलाई गणतन्त्र गौरवले सम्मान गर्ने कार्यक्रम रहेको एमाले केन्द्रीय कार्यालय सचिव डा.भिष्म अधिकारीले जानकारी दिनुभयो ।