अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

नेपाल कम्युनिष्ट पार्टी १०० पुग्दा ‘समृद्ध नेपाल, सुखी नेपाली’को संकल्प पूरा हुन्छ: अध्यक्ष ओली

नेपाल कम्युनिष्ट पार्टी १०० पुग्दा ‘समृद्ध नेपाल, सुखी नेपाली’को संकल्प पूरा हुन्छ: अध्यक्ष ओली


काठमाडौं‍-नेकपा एमालेका अध्यक्ष केपी ओलीले नेपाल कम्युनिष्ट पार्टीले बलिदानबाट गौरवपूर्ण इतिहास बनाएको बताउनुभएको छ। 

नेपाल कम्युनिष्ट पार्टी स्थापनाको ७५ वर्ष पूरा भएको अवसरमा आज नेकपा एमालेले गाेदावरी ललितपुरको सनराइज सभा हलमा आयोजना गरेको विशेष कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले कम्युनिष्ट आन्दोलनलाई यो स्थानमा ल्याउन सहिदहरूले जीवन अर्पण गर्नुभएको, लाखौँले दुःख कष्ट र यातना सहेर कम्युनिष्ट आन्दोलनको रक्षा र विकास गर्नुभएको बताउनुभयो। 

समृद्ध नेपाल सुखी नेपालीको संकल्प कम्युनिष्ट पार्टी एक सय वर्ष पुग्दा पुरा गरेरै छाड्ने अध्यक्ष ओलीले प्रतिबद्धता व्यक्त गर्नुभयो । समाजवादको स्पष्ट खाका सहित समाजवादको टाइमलाइन तोकेर आफूहरू अघि बढेको ओलीले बताउनुभयो । ‘अन्धकारमा छामछाम छुमछुम गरेर हिँडेको छैन आजको कम्युनिष्ट आन्दोलन, भड्किरहेको छैन आज कम्युनष्टि आन्दोलन, अन्योलमा परिरहेको छैन कम्युनिष्ट आन्दोलन, समृद्ध नेपाल, सुखी नेपालीको गन्तव्य तोकेर, त्यस गन्तव्यलाई हामी सय वर्ष पुग्दा साकार पारिछाड्छौँ भन्ने संकल्पका साथ अगाडि बढेका छौँ’, ओलीले भन्नुभयो। 

कम्युनिष्ट आन्दोलनको ७५ वर्षको समीक्षा गरेर आगामी बाटो तयार गर्न नेकपा एमालेले कार्यक्रम आयोजना गरेको ओलीले बताउनुभयो । नेकपा एमाले आज एक ढिक्का रहेको र एक ढिक्का भएर अघि बढ्ने उहाँले स्पष्ट पार्नुभयो । 

Skip This