अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

नेपालमा कम्युनिष्ट पार्टी जन्मिएपछि लाभैलाभ भएको छ: अध्यक्ष ओली

नेपालमा कम्युनिष्ट पार्टी जन्मिएपछि लाभैलाभ भएको छ: अध्यक्ष ओली


काठमाडौं-नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कम्युनिष्ट पार्टी नेपालका लागि लक्षिण भएकाे बताउनुभएकाे छ।

नेकपा स्थापनाकाे ७५ वर्ष पूरा भएको अवसरमा सोमबार ललितपुरकाे गोदावरीस्थित सनराइज हलमा आयाेजित हिरक जयन्ती महोत्सवलाई सम्बाेधन गर्दै अध्यक्ष ओलीले कम्युनिष्ट पार्टीकै कारण राणा शासनकाे अन्त्य भएकाे बताउनुभयाे।

उहाँले भन्नुभयाे, ‘याे ७५ वर्ष घटनाक्रमले भरिएकाे, परिवर्तनकाे अगुवाइ गरेकाे उथलपुथलले भरिएकाे रह्याे याे ७५ वर्ष, कम्युनिष्ट पार्टी यस्ताे लक्षिणकाे छ देशका लागि याे जन्म भयाे कि राणा शासन विराेधी आन्दाेलनदेखि राणाशासन फालिनेदेखि अनेक खालका उथलपुथल भएर सधैं अन्तिममा जनताले जित्दै गएकाे छ।’

उहाँलेसाढे पाँच लाख सदस्य भएको एमालेमा कोही एकजनाले बोल्दा जिब्रो लटपटियो भने हंगामा चल्ने भएकाले एमाले सतर्क रहनुपर्ने र एमाले एकताबद्ध हुनुपर्नेमा जोड दिनुभयो।

‘पार्टीमा पाँच लाख भन्दा बढी सदस्य छन्। कोही एक जनाले कहींकतै वोल्दाखेरी अलिकति जिब्रो चिप्लियो भने समाचार बन्छ। हंगामा चल्छ। बिभिन्न पक्षमा आशा पलाउन थाल्छ, यसमा सतर्क हुने कुरा मात्र हो,’ उहाँले भन्नुभयो, ‘नेकपा एमाले आज एकताबद्ध, एक ढिक्का छ र एकताबद्ध रहनेछ। एमालेले आफ्नो काँधमा अभिभारा रहेको बुझेको छ । समृद्ध नेपाल सुखी नेपाली बनाउन हामीले गर्छौ भनेका छैनौं। अरु साथीहरुलाई पनि साथ लिएर गर्ने भनेका हौं। तर यसको अगुवाइ एमालेले गर्नुपर्छ। हामीले पदको होइन विचारको अगुवाइ गर्दै आएका छौं। सरकारमा होस कि नहोस्।’

अध्यक्ष ओलीले देशकाे पक्षमा, राष्ट्रियताकाे पक्षमा, राष्ट्रकाे सार्वभाैसत्ता, स्वाधिनता, राष्ट्रिय हितकाे रक्षाकाे पक्षमा, देशकाे भाैगाेलिक अखण्डताकाे पक्षमा, राष्ट्रिय स्वाभिमानलाई माथि उठाउने कुरामा कम्युनिष्ट पार्टीकाे सकारात्मक, अत्यन्त महत्वपूर्ण उल्लेखनिय र गर्व गर्न लायक भूमिका रहेकाे बताउनुभयाे ।