अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

गणतन्त्रको सबलीकरणका लागि सबै राजनीतिक शक्ति एक ठाउँमा उभिनुपर्छ: अध्यक्ष ओली

गणतन्त्रको सबलीकरणका लागि सबै राजनीतिक शक्ति एक ठाउँमा उभिनुपर्छ: अध्यक्ष ओली


काठमाडौं-नेकपा एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी ओलीले संघीय लोकतान्त्रिक गणतन्त्र रक्षा र सबलीकरणमा एकताबद्ध हुन सबै राजनीतिक दलहरुलाई आग्रह गर्नुभएको छ।

ललितपुरको गोदावरीमा सोमबार आयोजित नेपाल कम्युनिस्ट पार्टी (नेकपा) स्थापनाको ७५ वर्ष पुगेर ७६ वर्ष लागेको हीरक महोत्सवमा अध्यक्ष ओलीले संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा र सबलीकरणको बाटोमा सबै एक ठाउँमा उभिने मिल्ने अवस्था रहेको बताउनु भएको हो।

 अध्यक्ष ओलीले विद्यमान व्यवस्थालाई माध्यम बनाएर सुशासन र विकासको काममा अघि बढ्नुपर्ने धारणा राख्नुभयो। उहाँले प्रतिगमनको कुरा गरेर कहीँ पनि पुग्न नसकिने बताउनुभयो। सरकार र वर्तमान सत्तारुढ दलहरुले पनि मुलुकबाट गरीबी हटाउने गरी ठोस योजना बनाउने, भ्रष्टाचारको अन्त्य गर्ने र राष्ट्र र राष्ट्रिय हितको पक्षमा अघि बढ्नुपर्ने उहाँले बताउनुभयो।

अध्यक्ष ओलीले भन्नुभयो, ‘देशमा विकासको अभियान चलाउने र जनताका समस्याहरु समाधान गर्ने, भूमिहीन सुकुम्बासीका समस्यादेखि लिएर, गरीबका समस्यादेखि लिएर अरु समस्या समाधान गर्ने देशको सबैभन्दा ठूलो चुनौती के हो यतिबेला भने र कलंकको विषय के हो भने २१औं शताब्दीमा पनि प्रगतिशील, लोकतान्त्रिक सरकारहरु बनिसकेपछि यस्तो उर्वर भएको जीवन्त र जीवनमय देशमा भोकमरी, गरिबीको समस्याले जनता पिल्सिनु र हामी त्यसलाई सम्बोधन गर्न असफल हुनु सबैभन्दा अशोभनीय नसुहाउने कुरा हो । त्यसकारण यसको अन्त्य गरिनुपर्छ।’