अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

कर्णालीमा माओवादीबाट हुम्लाका रणसिंह परियार मन्त्री बन्दै

कर्णालीमा माओवादीबाट हुम्लाका रणसिंह परियार मन्त्री बन्दै


सुर्खेत-कर्णाली प्रदेशमा नेकपा माओवादी केन्द्रको प्रमुख सचेतक हुम्लाका रणसिंह परियारलाई मन्त्री बनाउने भएको छ। 

बुधबार बिहान बसेको माओवादी केन्द्र कर्णाली प्रदेश संसदीय दलको बैठकले परियारलाई मन्त्री बनाउने निर्णय गरेको हो। 

परियारको मन्त्रालयको भने टुंगो लागिसकेको छैन। उहाँलाई तत्कालका लागि बिनाविभागीय मन्त्रीका रूपमा माओवादीले सरकारमा पठाउन लागेको हो। 

यस्तै दलको बैठकले बिहीबार कर्णालीका मुख्यमन्त्री यामलाल कँडेललाई विश्वासको मत दिने निर्णय पनि गरेको माओवादीका सांसद कृष्णबहादुर जिसीले जानकारी दिनुभयो।

मुख्यमन्त्री यामलाल कँडेलले बिहीबार विश्वासको मत लिँदै हुनुहुन्छ । मुख्यमन्त्री कँडेलले बुधवार सानो आकारमा मन्त्रीमण्डल गठन गर्ने र बिहीबार संसदबाट विश्वासको मत लिनु हुनेछ।