अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

इलामबाट वाम एकताको सन्देश दिन सुहाङ्गलाई जिताउनुपर्छ: हरिबोल गजुरेल

इलामबाट वाम एकताको सन्देश दिन सुहाङ्गलाई जिताउनुपर्छ: हरिबोल गजुरेल


विराटनगर-नेकपा माओवादी केन्द्रका उपमहासचिव हरिबोल गजुरेल वामपन्थीहरूको एकतालाई नयाँ शिराबाट उठाउन सुहाङ नेम्बाङलाई इलाबाट जिताउनु पर्ने बताउनु भएको छ।

नेकपा एमाले इलामले आज इलामको चुलाचुलीमा आयोजना गरेको चुनावी सभामा बोल्दै उपमहासचिव गजुरेलले यस्तो बताउनुभएको हो।

 नेकपा एमालेका युवा उम्मेदवार सुहाङ नेम्वाङलाई इलाम-२ बाट अत्याधिक मतले जिताउनुपर्ने उहाँले बताउनुभयो।

उहाँले भन्नभयो, ‘हामी इतिहासबाट पाठ सिकेर फेरि एक भएर आएका छौं। वामपन्थीको हाम्रो एकताको सन्देश दिन सुहाङ्गलाई जिताउनु पर्छ।’

उहाँले इलाम वामपन्थीहरूको किल्ला भएको दाबी गर्दै वामपन्थीहरुको किल्लाबाट एकताको सन्देश दिन आवश्यक रहेको बताउनुभयो । चुनावी सभामा सुभाष नेम्बाङ्गको योगदानको चर्चा गर्दै सहाङ नेम्बाङको जीत भइसकेको बताउनुभयो ।

उहाँले संविधान निर्माणमा सुवास नेम्वाङको योगदानको चर्चा गर्दै उहाँले सुहाङको जित भइसकेको बताउनुभयो। उहाँले भन्नुभयो ‘अत्याधिक बहुमतले जिताएर वामपन्थीहरुको एकताको सन्देश राष्ट्रलाई दिनुपर्छ। हिजो को-को बाटा गल्ति भयो ? कमजोरीहरू के के भए केलाउँला ? तर अहिले सबै कुरा बिर्सिएर सुहाङलाई जिताएर नेपालमा मात्रै होइन विश्वभर वामपन्थी एकताको सन्देश दिनुपर्छ।’