अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले भन्नुभयोः सुहाङ नेम्वाङले नै चुनाव जित्छ

चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले भन्नुभयोः सुहाङ नेम्वाङले नै चुनाव जित्छ


इलाम-नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले इलामको क्षेत्र-२ को उपनिर्वाचनमा एमालेका उम्मेदवार सुहाङ नेम्वाङले चुनाव जित्ने दाबी गर्नुभएको छ। 

बुधबार इलामको चुलाचुलीमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले इलामाबाट सुहाङ नेम्वाङले चुनाव जित्ने दाबी गर्नुभयो।

 अध्यक्ष ओलीले इलाम क्षेत्र नम्बर २ मा एमालेले अगाडि सारेको, माओवादी केन्द्र नेकपा र परिवार दलको साझा उम्मेदवार सुहाङ्गको विजयी हुने निश्चित भएको बताउनु भयो।

अध्यक्ष ओलीले भन्नुभयो, ‘इलामेली जनताको आत्मविश्वासले सुहाङ नेम्वाङको जीत निश्चित छ, इलामा-२ मा के होला भनेर चिन्ता लिनु पर्ने स्थिति छैन, उहाँले जित्नु हुन्छ।’

२०४८ र२० ५१ सालमा एमालेले चुनाव लडे जस्तो समय नभएको अध्यक्ष ओलीले बताउनु भयो। उहाँले भन्नुभयो, ‘कम्युनिस्टले चुनाव जित्यो भने ६० वर्ष माथिकालाई गोली हानेर मार्छन् भनेर प्रचार गर्थे तर एमालेले जितेपछि घरमा भत्ता लिएर पुग्न थाल्यो।’