अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

इलाम र बझाङमा आज निर्वाचन,विहान ७ देखि अपरान्ह ५ बजेसम्म मतदानको समय

इलाम र बझाङमा आज निर्वाचन,विहान ७ देखि अपरान्ह ५ बजेसम्म मतदानको समय


काठमाडौं -संघीय साँसदका लागि इलाम क्षेत्र नं २ मा प्रदेशसभा सदस्यका लागि बझाङको प्रदेश निर्वाचन क्षेत्र १ (क)का लागि आज निर्वाचन हुँदैछ ।
इलाममा प्रतिनिधीसा सदस्य सुवाचन्द्र नेम्वाङको निधन भएका कारण उपनिर्वाचन हुन लागेको हो भने बझाङमा प्रदेशसभा सदस्य पृथ्वीबहादुर सिंहको निधन भएका कारण उपनिर्वाचन गर्नुपरेको हो । मतदान अहिले विवहान ७ बजे देखि अपरान्ह ५ बजेसम्म हुदैछ । इलाममा १ लाख १५ हजार ८सय ८९ जना मतदाता छन् भने बझाङमा ६१ हजार ७ सय ४८ जना मतदाता रहेको निर्वाचन आयोगले जनाएको छ ।
इलाममा एमालेका तर्फबाट सुहाङ नेम्वाङ उम्मेद्वार छन् भने काँग्रेसबाट डम्बर खड्का उम्मेद्वार बनेका छन् । यस्तै रास्वपाबाट मिलन लिम्बू लगायत १९ जना उम्मेद्वार चुनावी प्रतिष्पर्धामा रहेका छन् । यस्तै बझाङमा एमालेका तर्फबाट दमन भण्डारी सहित ११ जना उम्मेद्वाले चुनावी प्रतिष्पर्धा गरिरहेका छन् ।

आयोगका अनुसार इलाममा ७९ मतदान स्थल र १४८ मतदान केन्द्र रहेका छन् । बझाङमा ७४ मतदान स्थल र ९३ मतदान केन्द्र रहेका छन् । मतदान स्थलको सुरक्षाका लागि चारवटै सुरक्षा निकायहरु परिचालन गरिएको गृहमन्त्रालयले जनाएको छ ।