अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

इलाममा अझै मतदान जारी : मतगणना आजै राती सुरु गरिने

इलाममा अझै मतदान जारी : मतगणना आजै राती सुरु गरिने


इलाम – इलाम २ मा भएको उपनिर्वाचनको निर्वाचन आयोगले तोकेको समय सकिए पनि कतिपय मतदान स्थ्लमा मतदान जारी रहेको छ । जिल्ला निर्वाचन कार्यलयले दिएको जानकारी अनुसार मतदानका लागि लाइनमा अझै केही मतदाता रहेकोले उनीहरुलाई मत हाल्न दिइने छ । मतगणना आज नै सुरु गर्ने तयारी छ । आज अपरान्ह ५ बजेसम्म मतगणनाको समय तोकिए पनि लाइन लागेकाहरु सबैले मतदान गर्दा केही समय लाग्नेछ ।

त्यसपछि सबै मतदान केन्द्रबाट सदरमुकाम इलाम बजारमा मतपेटिका ल्याइने प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिनुभयो । ‘राति १० बजेसम्म मतपेटिका सबैतिरबाट आइपुग्ने अपेक्षा गरिएको छ । आइपुग्यो भने त्यतिनै बेला सर्वदलीय बैठक बसेर निर्णय हुन्छ, चाडो मतपेटिका ल्याउन सके आजैदेखि मतगणना गर्ने तयारी गरेका छौं’, प्रजिअ यादवले भन्नुयो ।

भौगोलिक कठिनाइ र सडक राम्रो नभएका कारण फाकफोकथुम गाउँपालिका, चुलाचुली गाउँपालिका र माङसेबुङ गाउँपालिकाबाट इलाम सदरमुकामसम्म मतपेटिका ल्याउन समय लाग्न सक्छ ।
मुख्य निर्वाचन अधिकृतको कार्यालय इलामले मतगणना केन्द्र गौतमबुद्ध सभागृहलाई तोकेको छ । इलाम २ मा ६ वटा पालिकाका ४२ वडाका १४९ मतदान केन्द्रबाट मतपेटिका संकलन गर्नुपर्छ ।

मतपेटिकाको ढुवानी ढिलो भएमा आइतबार मतगणना गर्ने तयारी छ ।