अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

इलाममा आज रातिदेखि नै मतगणना थालिने

इलाममा आज रातिदेखि नै मतगणना थालिने


इलाम-निर्वाचन आयोगले इलाम क्षेत्र नम्बर २ मा जारी उपनिर्वाचनको मतगणना आजै रातिबाट शुरु गर्ने जनाएको छ।

प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले इलामको मतगणना राति १२ बजेअघि नै शुरु गर्न निर्देशन दिईएको बताउनुभयाे।

सबै मतदान केन्द्रबाट राति १० बजेसम्ममा मतपेटिका आइसक्ने अनुमान गरिएको आयुक्त थपलियाले बताउनुभयाे । इलाममा गत वर्ष निर्वाचनमा ६० प्रतिशत मत खसेकोमा यस पटक ६३ प्रतिशतसम्म पुग्ने अनुमान गरिएको छ ।

यस्तै, उहाँले बझाङको मत भने आइतबार बिहान ११ बजेदेखि गणना थालिने जानकारी दिनुभयाे । बझाङमा ५३ प्रतिशतभन्दा माथि नै मत खस्ने अपेक्षा गरिएको उहाँले बताउनुभयाे।