अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

इलाम क्षेत्र २ उपनिर्वाचन: मतगणना जारी

इलाम क्षेत्र २ उपनिर्वाचन: मतगणना जारी


इलाम-इलाम क्षेत्र नम्बर २ को मतगणना अहिले जारी छ। मतगणना परिणाम दुई/दुई घन्टामा सार्वजनिक गरिने भएको छ। मुख्य निर्वाचन अनुगमन अधिकृत राजेन्द्र प्रसाद आचार्यका अनुसार दिउँसो २ बजेमात्रै प्रारम्भिक मतपरिणाम सार्वजनिक गरिनेछ। 

बिहान ११ बजेबाट सुरु गर्ने भनिएको मतगणना एक घन्टा ढिलो गरी सुरु भएको थियो। अहिले फाकफोकथुम गाउँपालिकाको वडा नम्बर १ र २ को मतगणना भइरहेको छ।

मतगणना स्थलमा सुरक्षा व्यवस्था कडा पारिएको छ। मतगणना स्थलमा तारले घेरेर सीसीटीभी जडान गरिएको छ।

इलाम–२ मा कूल १ लाख १५ हजार ८८९ मतदाता छन्। त्यसमध्ये ६९ हजार २ सय ८७ जना मतदाताले मतदान गरेका छन्