अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

उपनिर्वाचन

बझाङ-१ मा मतगणना सुरू

बझाङ-१ मा मतगणना सुरू


बझाङ-बझाङ प्रदेशसभा (१) मा भएको उपनिर्वाचन अन्तर्गत शनिबार सम्पन्न मतदानको गणना गर्न शुरु गरिएको छ। आइतबार दिउँसोदेखि मत गणना सुरु गरिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

सर्वदलीय बैठकको निर्णयपछि यहाँ मतगणना सुरु गरिएको हो। जिल्ला अदालतको भवनमा मतगणना सुरु भएको हो।

सुरुआतमा छबिसपाथीभेरा गाउँपालिका क्षेत्रको मत गणना भइरहेको छ।त्यसअघि आइतबार बिहान ११ बजे सर्वदलीय बैठक बसेर मत गणना गर्ने निर्णय भएको थियो। जिल्ला अदालतको भवनमा मतगणना भइरहेको हो।

प्रदेश सभा सदस्य चयनका लागि बझाङ प्रतिनिधि सभा क्षेत्र १ को प्रदेश सभा (क) को उपनिर्वाचन अन्तर्गत ४९ प्रतिशत मत खसेको थियो। यस क्षेत्रमा ७४ वटा मतदानस्थल र ९३ मतदान केन्द्र छन् भने ६१ हजार ७४८ मतदाता छन्। 

नेपाली कांग्रेसबाट निर्वाचित सुदूरपश्चिम प्रदेशका तत्कालीन आन्तरिक मामिला तथा कानुनमन्त्री पृथ्वीबहादुर सिंहको सडक दुर्घटनामा निधन भएपछि रिक्त यस क्षेत्रमा उपनिर्वाचन भएको हो। 

नेपाली कांग्रेसका अभिषेकबहादुर सिंह, नेकपा एमालेका दमनबहादुर भण्डारी, नेकपा (एकीकृत समाजवादी) का दिलबहादुर सिंह र नेकपा माओवादी केन्द्रबाट जनकबहादुर बुढा मैदानमा छन्।

यस्तै राष्ट्रिय मातृभूमि पार्टीका तर्फबाट गजेन्द्रबहादुर थापा, नेपाल मजदुर किसान पार्टीका खगेन्द्रबहादुर शाही, नेसनल रिपब्लिक नेपाल पार्टीबाट कमल घर्तीमगर, जनता समाजवादी पार्टी (जसपा) का रामबहादुर जाग्री, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का तर्फबाट किशोरकुमार खड्का, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका तर्फबाट दीपकबहादुर खड्का र जनमत पार्टीका सुशीला देवी विष्ट उम्मेदवार छन्।